प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपल चौतारा चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३-००१ ज ३२० नम्बरको यात्रुबाहक माईक्रो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार जिल्ला उदयपुर,  कटारी नगरपालिका-८ बस्ने अन्दाजी२७ वर्षीय बिनय राणा मगरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध फेनार्गन ७५ पिस, डाईजेपाम ७४ पिस र नुर्फिन ७४ पिस फेला पारी अवैध लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।