प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी-२०८० सम्पन्न

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा २०८०।०८।१० गते देखि काभ्रेपलाञ्चोक जिल्ला स्थित धुलिखेल लज एण्ड रिसोर्टमा सञ्चालन भएको २ दिवसीय बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी गोष्ठी-२०८०” सम्पन्न भएको छ । उक्त गोष्ठी कार्यक्रम तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट समुद्घाटन भई आज मिति २०८०।०८।११ गते माननीय आन्तरिक मामिला तथा कानून मन्त्री  श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्याताम गोष्ठी कार्यक्रम समापन भएको छ । दुई दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ.दिपक रेग्मीज्यूले प्रदेशभित्रको समग्र अपराध अनुसन्धान तथा विद्यमान अवस्थाप्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटीबाट साइबर अपराध अनुसन्धानको विद्यमान अवस्था र अनुसन्धानमा देखिएका चुनौतिहरू, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोक जिल्ला न्यायाधिवक्ता र उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ताबाट अनुसन्धानमा देखिएका चुनौतीहरू, अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता  र अभियोजनकर्ता बीच समन्वयका क्षेत्रहरू विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

            दोस्रो चरणमा जिल्लागत अपराध अनुसन्धानमा भएका दुबिधा, कानुनी जटिलता, समस्याहरू सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अनुसन्धान अधिकृतहरू र अभियोजनकर्ताहरू बिचमा आवश्यक छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूबिच कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।

    उक्त  दुई दिवसीय गोष्ठीमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका समादेशक कृष्ण हरि शर्माज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ. दिपक रेग्मीज्यू, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका नि.प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षकज्यूहरु तथा प्रहरी नायव उपरीक्षकज्यूहरु, अपराध अनुसन्धान शाखामा कार्यरत अनुसन्धान अधिकृतहरू सहित  ११५ जनाको उपस्थिति रहेको । साथै गोष्ठी कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट आवश्यक निर्देशन तथा सुझाव दिई मन्तव्य व्यक्त गर्नु भएको, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट कार्यक्रमको औचित्य बारे प्रस्ट पार्दै धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । कार्यक्रम समापन पश्चात् सोही अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरूबिचमा भएको वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा बैठक समेत सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३ कार्यक्रम सम्पन्न
२०८३-०२-२७

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाण्डौ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा यस बागमती प्रदेश प्रहरी कार्यालयको हलमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “ बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी” कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा विशिष्ट अतिथि माननीय आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीज्यू, विशिष्ट अतिथि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्र.अ.म.नि. सुशिल सिंह राठौरज्यू, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता पुजा खत्रीज्यू, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. दिपक रेग्मीज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुख र अनुसन्धान अधिकृत, कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष, संचारकर्मीहरु गरी १७२ जनाको उपस्थिति रहेको थियो ।