प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा बाघको आक्रमणबाट एकको मृत्यु

२०८०-०८-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, खयर घारी गाउँ देखि अन्दाजी २ किलिमिटर दक्षिण तर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा जिल्ला चितवन, राप्ती नगरपालिका-१, दुबिचौर बस्ने अन्दाजी ४३ वर्षीय हरी पौडेललाई जंगली बाघले आक्रमण गरी मारेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखी मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।