प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०७-०१

  • A
  • A-
  • A+
Share

धादिङ, गंगाजमुना गाउँपालिका-९, घर भई हाल जिल्ला चितवन, कालिका नगरपालिका-१, सगरमाथा टोल स्थित डेरा गरी बस्ने अन्दाजी वर्ष १७ की निशाना सेवा आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा निजको आमाले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी बिट पदमपुरबाट प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखेको, घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।