प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

६८ औं प्रहरी दिवस २०८० को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाप्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी उपरीक्षक ईश्‍वर थापाज्यू, प्रहरी उपरीक्षक भिमकिरण बोगटीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, बागमती प्रदेश कार्य समितिका संयोजक पूर्व प्रहरी निरीक्षक रित बहादुर खातीज्यू लगायत अन्य पूर्व प्रहरी कर्मचारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदका परिवारजन प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८१-०२-०१

चितवन, रत्ननगर नगरपालिका-३, शान्तीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-८ बस्ने ३३ वर्षीय प्रविण कुंवर गम्भीर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा निजको मृत्यु भएको छ । उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय नवीन उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।