प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

६८ औं प्रहरी दिवस २०८० को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाप्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी उपरीक्षक ईश्‍वर थापाज्यू, प्रहरी उपरीक्षक भिमकिरण बोगटीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, बागमती प्रदेश कार्य समितिका संयोजक पूर्व प्रहरी निरीक्षक रित बहादुर खातीज्यू लगायत अन्य पूर्व प्रहरी कर्मचारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदका परिवारजन प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।