प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण २०८० सम्पन्न‍

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू, प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौंडा र प्रहरी चौकी ठुलोदमार, मकवानपुरको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यवस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यवस्थापन, सरसफाई, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास,  रचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा बागमती प्रदेश प्रहरी गण हेटौंडाको प्राङ्गणमा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो ।

    निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यवसायीक, निष्ठावान् भई काम गर्न तथा कार्य सम्पादन स्तर सुधार गर्न आत्मविश्वासका साथ सीपमूलक क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेपालको जुनसुकै भूभागमा भए पनि प्रहरी सबै एउटै हो र सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनामा काम गर्न निर्देशन दिनुका साथै आन्तरिक शुद्धीकरणलाई  समेत प्राथमिकता दिनुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

        साथै निरीक्षण भ्रमणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लाका सञ्चारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारीज्यूहरूसँग शान्ति सुरक्षाको अवस्था, गुनासो तथा सुझावहरू सहितको छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।