प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न‍ ।

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

नेपाल सरकारका माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा  बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूले बागमती प्रदेशको समग्र वस्तुस्थितीको प्रतिवेदन सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै अवसरमा माननीय मन्त्रीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना, निर्माणाधिन कार्यालय भवनको निरीक्षण अवलोकन तथा बागमती प्रदेश प्रहरी गण हेटौडाको परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो ।

निर्देशनको क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्रीज्यूले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने कुरा उल्लेख गर्नु भएको थियो । मुलुकमा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापन, नागरिकको जिउधनको रक्षा सुनिश्चित गर्न, महिला बालबालिका तथा जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभुती गर्ने तथा त्यस्ता अपराधजन्य घटनाहरुमा कडा रुपमा प्रस्तुत हुने, लागु औषध दुर्व्यसनीलाई रोकथाम तथा नियन्त्रण गर्न निर्देशन गर्नु भएको थियो । कुनै पनि अवाञ्छित दवाब र चलखेलमा नपरि संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई ऐक्यबद्ध भई काम गर्नुपर्ने बताउनु हुदै उहाँले संविधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी निर्भिकता पूर्वक निर्वाह गर्न समेत निर्देशन दिनु भएको थियो । 

बागमती प्रदेश प्रहरीले थालनी गरेको “१ प्रहरी १ बिरूवा कार्यक्रम” तथा चितवन र मकवानपुर जिल्लाका पहाडी भेगमा अवैध रूपमा हुने गाँजा/अफिम खेतिलाई विस्थापन गरी कृषकलाई कृषि/नगदे बाली तर्फ आकर्षित गर्न कफी खेती अभियान संचालन गरेकोमा माननीय मन्त्रीज्यूले प्रशंसा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यूले  प्रमुख अतिथीज्यू लगायत उपस्थित सम्पूर्ण अतिथीज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूबाट भएको निर्देशनलाई अक्षरश: पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री श्री गंगानारायण श्रेष्ठज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, सशस्त्र प्रहरी बल नेपाल ३ नं. गढीमाई बाहिनी भण्डारा चितवनका प्रमुख सशस्‍त्र प्रहरी नायव महानिरीक्षक श्री लक्ष्मण बहादुर सिंहज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालयका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू  लगायत सिनियर प्रहरी अधिकृतज्यूहरु, मातहत प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 


सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय १० जनाको शव फेला
२०८३-०६-०२

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।             प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलिले जिल्ला सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ३५ को बिजय तोलाङ्गेको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक १.६५० मिली ग्राम र नगद रु.३०,६८०।– (तिस हजार छ सय असि) फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र ऐ. स्थितमा संजिव देवकोटाको घर खान तलासी गर्दा निजको घरबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक ४.१६० मिलि ग्राम र नगद रु. ३१,५००।– (एकतिस हजार पाचँ सय) फेला पारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, संजिव देवकोटा घरमा फेला नपरेकोले आवश्यक खोजतलास कार्य भईरहेको ।

लागुऔषध देखीने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला धादिङ थाक्रे गाँउपालिका-६ देउडि स्थितमा खटिएको प्रहरी टोलिले शंका लागि  थाक्रे गाँउपालिका-३ मल्डुङ घर भई ऐ. स्थितमा चिया पसल (जस्ताले बारेको टिनको छानो भएको एकतले २ कोठे) गरि बस्ने कान्छा तामाङको छोरा बर्ष अन्दाजी १७ को राजन तामाङले आफु सुत्ने कोठामा हरियो प्लास्टिक भित्र लुकाई छिपाई राखेको लागुऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ तौल गरी अन्दाजी ३९० ग्राम र गाँजा जस्तो देखीने पदार्थ अन्दाजी १६५ ग्राम सहित नियन्त्रणमा लीई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा ल्याईएको, आवश्यक अनुसन्धान कार्य भइरहेको ।