प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न‍ ।

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

नेपाल सरकारका माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा  बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूले बागमती प्रदेशको समग्र वस्तुस्थितीको प्रतिवेदन सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै अवसरमा माननीय मन्त्रीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना, निर्माणाधिन कार्यालय भवनको निरीक्षण अवलोकन तथा बागमती प्रदेश प्रहरी गण हेटौडाको परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो ।

निर्देशनको क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्रीज्यूले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने कुरा उल्लेख गर्नु भएको थियो । मुलुकमा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापन, नागरिकको जिउधनको रक्षा सुनिश्चित गर्न, महिला बालबालिका तथा जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभुती गर्ने तथा त्यस्ता अपराधजन्य घटनाहरुमा कडा रुपमा प्रस्तुत हुने, लागु औषध दुर्व्यसनीलाई रोकथाम तथा नियन्त्रण गर्न निर्देशन गर्नु भएको थियो । कुनै पनि अवाञ्छित दवाब र चलखेलमा नपरि संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई ऐक्यबद्ध भई काम गर्नुपर्ने बताउनु हुदै उहाँले संविधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी निर्भिकता पूर्वक निर्वाह गर्न समेत निर्देशन दिनु भएको थियो । 

बागमती प्रदेश प्रहरीले थालनी गरेको “१ प्रहरी १ बिरूवा कार्यक्रम” तथा चितवन र मकवानपुर जिल्लाका पहाडी भेगमा अवैध रूपमा हुने गाँजा/अफिम खेतिलाई विस्थापन गरी कृषकलाई कृषि/नगदे बाली तर्फ आकर्षित गर्न कफी खेती अभियान संचालन गरेकोमा माननीय मन्त्रीज्यूले प्रशंसा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यूले  प्रमुख अतिथीज्यू लगायत उपस्थित सम्पूर्ण अतिथीज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूबाट भएको निर्देशनलाई अक्षरश: पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री श्री गंगानारायण श्रेष्ठज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, सशस्त्र प्रहरी बल नेपाल ३ नं. गढीमाई बाहिनी भण्डारा चितवनका प्रमुख सशस्‍त्र प्रहरी नायव महानिरीक्षक श्री लक्ष्मण बहादुर सिंहज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालयका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू  लगायत सिनियर प्रहरी अधिकृतज्यूहरु, मातहत प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 


सम्बन्धित समाचार