प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी मृत्यु

२०८०-०६-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-१, टुकुचा बस्ने पुरुषोतम श्रेष्ठको छोरी १९ वर्षीया पुष्पा श्रेष्ठले आफ्नै घरको फलामको डण्डीमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको बुबाले सल खुस्काई उपचारको लागी सिरमेमोरीयल अस्पताल बनेपा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।