प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-४, रुप्से बस्ने अन्दाजी ३७ वर्षीय दिनेश लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, ककनी गाउँपालिका-४, रानीपौवा स्थित रानीपौवाबाट डाँडा गाउँ जाने कच्ची सडक खण्डको छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष ब्यक्ती सल्लाको रूखमा नाईलनको डोरीले लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, कालिका नगरपालिका-४, पिपरिया टोलको सृजना चोक  बस्ने वर्ष अन्दाजी १४ की अग्रता प्रधान आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्ड्याउने रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सिन्धुली, तिनपाटन गाउँपालिका-४, बेशीटार घर भई हाल जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर ६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने अन्दाजी २४/२५ वर्षीया की सन्जु राना मगर आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।