प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-१५

  • A
  • A-
  • A+
Share

रसुवा कालिका गाउँपालिका-२, दमाई डाँडा बस्ने चेत बहादुर दमाईको छोरा वर्ष १९ को सुनिल भुषाल आफु सुत्ने कोठाको दलिनमा गलबन्दीको पासो लागई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१, धारापानी बस्ने वर्ष अन्दाजी ६२ को कृष्ण बहादुर पहरी आफ्नो घरदेखी अन्दाजी १ कि.मि. पश्चिममा रहेको टुकुलुके सामुदायिक बनमा चिलाउनेको रुखको हाँगोमा नाम्लो सहितको प्लास्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०६-०३

नुवाकोट तादी गाउँपालिका-२ अधिकारी टोल स्थित बस्ने चेत बहादुर अधिकारीको छोरा अन्दाजी वर्ष २६ को मिन बहादुर अधिकारी आफ्नै घर नजिकै रहेको मान्छे नबस्ने आफ्नै ठुलो बुवाको घरको पालीको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ बोलुङ बस्ने खेम बहादुर गिरीको श्रीमती वर्ष अन्दाजी ५० की नेत्र कुमारी गिरी आफ्नै घरको  कोठामा बासको दलिनमा नाम्लो सहितको नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०३

सिन्धुली कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाण्डौ तर्फ आउदै गरेको चालक जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१० बस्ने वर्ष २२ को लक्ष्मी पण्डितले चलाई ल्याएको HR 10 S3056 नम्बरको ईन्डियन कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी भित्र NITRAVET-10, लेखिएको लागु औषध २०० पत्तामा (प्रति पत्ता ३० ट्याब्लेट) जम्मा ६०००(छ हजार) ट्याब्लेट र DIALEX-DC लेखिएको १०० ML को ७४९ (सात सय उनन्पचास) बोतल फेला पारी सोही कारमा सवार जिल्ला सर्लाही कोडैना गाउँपालिका-६ बस्ने वर्ष २० को सुनिल कुमार यादव, जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१ बस्ने वर्ष २० को नितेश कुमार यादव र जिल्ला धनुषा मिथिला नगरपालिका-३ बस्ने वर्ष २८ को पशुपति लामा र गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।