प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०८०-०४-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-५, सुबेदारसौरा बस्ने नाम बहादुर भोलनको श्रिमती वर्ष अन्दाजी ३६ की शान्ती भोलनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी उपचारको लागी सोहि स्थित छतिबन अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने फारलाईन बस्ने  वर्ष अन्दाजी ३९ की ईन्दु माया महर्जनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी बिरामी भई  हेटौंडा सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 


सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।