प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे सामान नियन्त्रणमा

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पूर्व पश्विम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट पोखरातर्फ जादै गरेका ना.१ख.९२५४ नम्बरको यात्रु बाहकबसको बायाँ साईडको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा कुर्था सेट -३०पिस, साडी -३० पिस गरी अन्दाजी मुल्य रु. ५०,०००।–(पचास हजार) बराबरको सामान र ग.१ख.९२५३ नम्बरको बसको पछाडीको सिट मुनि लुकाई छिपाई राखेको २ वटा बोरामा जम्मा -४६ पोका दुध पाउडर अन्दाजी मुल्य रु. ३३,१२०।–(तेत्तिस हजार एक सय बिस ) बराबरको वेबारिसे सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।