प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे सामान नियन्त्रणमा

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

सिन्धुली गोलन्जोर गाउँपालिका-७, माथील्लो चेक पोष्ट नजिक बि.पि. राजमार्गको छेउमा संकास्पद ३ ओटा प्लाष्टिकको झोला बेवारीसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, खुर्कोट सिन्धुलीबाट प्रहरी टोली खटी गई हेर्दा उक्त झोलाहरुमा (सुर्ती जन्य पदार्थ ) ८३५०(आठ हजार तीन सय पचास) पिस, तुल्सी अन्दाजी मुल्य ८५०००।(पचासी हजार) बराबरको फेला पारिएको थियो । उक्त सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-११-०३

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले यस कार्यालयले निर्वाचन सुरक्षार्थ तयार गरेको जनशक्ती परिचालन, स्रोतसाधनको व्यवस्थापन, योजना सम्बन्धि जानकारी लीनुभई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा प्रहरी कर्मचारीहरुले आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।