प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७, हटिया बस्ने वर्ष अन्दाजी २५ की निशा घिसिङले मुसा मार्ने विषादी सेवन गरी बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज, भरतपुर चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु भऐको हो । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
५२ किलोग्राम लागुऔषध गाँजा सहित १ जना मानिस नियन्त्रणमा
२०८२-०१-०४

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ती स्थित ब्रर्मादेवी सामुदायिक बन भित्र सोहि मनहरी गाउँपालिका-६, रुपाचुरीबाट नयाँबस्ती तर्फ ७/८ जना व्यक्तिहरुले पिठ्युमा लागुऔषध गाँजाको पोका बोकेर पैदल आउँदै छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटी जाँदा उक्त व्यक्तिहरुले प्रहरी टोलिलाई देख्ना साथ निजहरूले बोकेको लागुऔषध गाँजाको पोका सोही जंगलमा फालेर भाग्ने क्रममा एक जना जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँवस्ती बस्ने वर्ष अन्दाजी ५० को बाबुराम मोक्तानको साथबाट ८ के.जी. लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको र जम्मा प्लास्टिक सहित तौल गर्दा लागुऔषध गाँजा ५२ के.जि. फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०१-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा  प्रहरी चौकी राटोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ७ ख १५८७ को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-९, कुरले बस्ने वर्ष अन्दाजी २४ को कमल प्रजा र कैलाश गाउँपालिका-१०, बेतिघारी बस्ने वर्ष अन्दाजी २९ की सुमित्रा प्रजाले बोकेको खैरो रंगको झोलामाथी संका लागी निजहरुको शरिर र झोला चेकजाँच गर्दा कमल प्रजाको साथबाट अन्दाजी ६ के.जि. र सुमित्रा प्रजाको साथबाट अन्दाजी ६ के.जि. लागुऔषध गाँजा गरी जम्मा अन्दाजी १२ के.जि. लागुऔषध गाँजा फेला परेको । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  तर्फ पठाईएको ।