प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भन्सार छली गरी ल्याएको सामान बरामद

२०८०-०४-२५

  • A
  • A-
  • A+
Share

 रसुवा गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रूवेशी स्थित प्रहरी चेकप्वाईन्टमा खटिएको नियमित चेकिङ टोलीले टिमुरेबाट काठमाण्डौँ  तर्फ जादै गरेको सार्वजनिक सवारी साधनको चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको घ्यु  १४ कार्टुन, चियापत्ती १० कार्टुन, सुर्यमुखी गेडा(क्वाची) १० कार्टुन, कफी ३ कार्टुन, गाई चकलेट ५ कार्टुन, सोया सस १ कार्टुन, चिकेन मसला १५ कार्टुन, तेल ६ कार्टुन, अजिनामोटो ९८ पाकेट र चाईनिज फिङ ९९ पाकेट समेतका सामानहरु (अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको) बेवारिसे अवस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।