प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-२०

  • A
  • A-
  • A+
Share

चितवन रत्ननगर नगरपालिका-२, टांडीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय टांडी, चितवनबाट खटिएको चेकिङ टोलीले पूर्वबाट पश्चिम तर्फ आंउदै गरेको बा ८७ प २१०२ नम्बरको मोटरसाईकल रोकी चेकजांच गर्ने क्रममा धादिङ थाक्रे गाउँपालिका-३ बस्ने वर्ष ३२ को भिमलाल तामाङको साथबाट लागुऔषध (चरेश) जस्तो देखिने पदार्थ सेतो पानी टेपले प्याकिङ गरी ल्याउंदै गरेको अवस्थामा अन्दाजी ५ किलो १०० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-९, बसपार्क स्थित बि.पि. राजमार्गमा ईलाका प्रहरी  कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ आउदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका-६ रातमाटा बस्ने वर्ष ३० को रोहित थापाले चलाई  ल्याएको प्रदेश न.२-०२-००४ प ६७४६ नम्बरको मोटरसाइललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार कमलामाई नगरपालिका-१२ घर भई हाल कमलामाई नगरपालिका-७ माझिटारमा कोठा गरी बस्ने बर्ष २७ को अम्मर राउतको साथबाट EXIPLON-100 ML लेखिएको २ बोतल र NITRVET-10 लेखीएको ४ पत्ता (१ पत्तामा १५ पिसको दरले) ६० पिस लागुऔषध र सोही समयमा सोही स्थानमा बर्सिबासबाट सिन्धुली तर्फ आउदै गरेको जिल्ला सिन्धुली कमलामाई नगपालिका-५ मधुटार बस्ने वर्ष ३१ को बिनोद कुमार दियालीले चलाई ल्याएको बाग्मती प्रदेश ०२-०३७ प ५७२१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथबाट NITRVET-10 लेखिएको १ पत्ता (१५ पिस) लागुऔषध फेला पारी सोहि मोटरसाईकल पछाडि सवार कमलामाई नगरपालिका-५ बस्ने वर्ष ३५ को अर्जुल घलान समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।