प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक:- सवारी दुर्घटना बाट मृत्यु

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

कार्तिक २८, चौतारा साँगाचोक गढी नगरपालिका-१ फुर्स्रे स्थित बासखर्कबाट आलु लोड गरी थाङपाल तर्फ जाँदै  गरेको बा ५ ख ६५६३ नं.को आईचर ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल खसी दुर्घट्ना भएको, ट्रक चालकजुगल गाउँपालिका-२ बस्ने वर्ष ३४ को सिताराम दोङ को घट्नास्थलमै मृत्यु भएको उक्त ट्रकमा सवार सोहि बस्ने वर्ष ४२ को स्याङ्बो दोङ गम्भिर र वर्ष ३५ को मान बहादुर लामा सामान्य घाईते भई निजहरुको उपचार जिल्ला अस्पताल चौतारामा भईरहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।