प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०४-२०

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-२, केउरिङटार स्थित बस्ने रेशम बहादुर गन्द्रमा मगरको श्रीमती वर्ष ६० की विन्दा माया गन्द्रमा मगर घर देखी अन्दाजी १०० मिटर टाढा आफ्नै बारीको गिदरीको रुखमा प्लाष्टिकको डोरीले घाटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, बिदुर नगरपालिका-९, लखनटार स्थित बस्ने राम शरण बोकटीको छोरी वर्ष अन्दाजी १४ की क्रस्टीना बोकटी आफ्नै घरको स्टोर कोठामा फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुक्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१२, ढारागाउ बस्ने कृष्ण बहादुर बोज्युको श्रीमती वर्ष ४८ की चरीमाया बोज्युले आफ्नै घरको बलोमा तन्नाको डोरी बनाई पासो लगाई झुण्डिएको अवस्थमा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।