प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मालिस गर्ने तेल सेवन गरी उपचारको क्रममा एकको मृत्यु

२०८०-०४-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-५, सानोभागा बस्ने वर्ष अन्दाजी ८२ को राजकुमार पाख्रीनले आफ्नै घरमा मालिस गर्ने तेल सेवन गरी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल आएको र थप उपचारको लागी मकवानपुर सहकारी अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।