प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट र सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०४-१२

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-७ बस्ने अन्दाजी ५२ वर्षीया शिव कुमारी पण्डित आफ्नै घरमा आफु सुत्ने कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-, पाल्चोक बस्ने ३९ वर्षीय ध्रुव बहादुर खड्का आफ्नै एक तले कच्ची घरको स्टोर कोठाको काठको दलिनमा नालनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।