प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डीएको अवस्थमा मृत फेला

२०८०-०४-१०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-९, भोटेडांडा स्थित बस्ने यादव आचार्यको घरमा काम गरी बस्ने जिल्ला काभ्रे पाचंखाल नगरपालिका-३, बस्ने मानकाजी तामाङको श्रीमती वर्ष अन्दाजी ३४ की प्रमीला घर्ती मगरले घर नजिकै बारीमा रहेको लिचीको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटानस्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, मैदा टोल बस्ने वर्ष अन्दाजी २४/२५ को आशिष कार्कीले आफ्नै घरको फलामको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहति आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

चितवन, भरतपुर महानगरपालिका-११, जखडीमाई बस्ने मनिराज थापा मगरको श्रीमती वर्ष अन्दाजी ९० की हिरा थापा मगर आफ्नै घरबारीमा रहेको परालको टौवाको काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।