प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५, बाँसघारी बस्ने पदम बहादुर  श्रेष्ठको श्रीमती वर्ष ५२ की सानुकान्छी श्रेष्ठले सेल्फास नामक बिषादी सेवन गरी अस्वस्थ भई उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको ।


सम्बन्धित समाचार
२३० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-२५

चितवन, राप्ती नगरपालिका-४, डडुवा स्थितमा धादिङबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भन्डारा, चितवनबाट प्रहरी टोली खटी गई चेकजाँच गर्दा ट्रक भित्र त्रिपाल मुनि लुकाई छिपाई २० पोकामा २३० किलोग्राम लागु औषध गाँजा बरामद गरि ट्रक चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेस डंगोल र सोहि ट्रकमा सवार सोही ठेगाना बस्ने ३१ वर्षीय सुनिल डंगोललाई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।