प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०४-०३

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति नगरपालिका-१, लोथर स्थित खैरहनी पर्साबाट पूर्व जाँदै गरेको MH48AY4709 भारतिय नम्बरको खालि गाडि अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरी सहायक निरीक्षकको चेकिङ टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा अगाडिको सिटमुनि  र टुलबक्समा लुकाई छिपाई ल्याएको (११ पोका) अन्दाजी ६० किलो गाँजा फेला परेको थियो । चालक देश भारत झारखण्ड कोर्डमा बस्ने वर्ष ३५ को मनोज कुमार पासवान र जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष ४५ को राजु वाईवालाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेक छ ।


सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।