प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको टोलिले विशेष सुचनाको आधारमा नेवारपानीबाट बिरगंज तर्फ जादै गरेको बा.प्र. ०३-००१ च १६८८ नम्बरको योद्धागाडी फलो गर्दै जाने क्रममा हेटौंडा-४ कर्रा स्थितमा फेला पारी  नियन्त्रणमा लिई चेकजाँच गर्दा १०० किलो ६०० ग्राम लागुऔषध गाजाँ फेला पारी योद्धागाडी चालक जिल्ला गोर्खा आबुखैरहनी गाउँपालिका-३ बस्ने वर्ष ३७ को दुर्गा दर्जिलाई योद्धागाडी सहित नियन्त्रणमा लिईएको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


 

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।