प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- सवारी दुर्घटनामा परी मृत्यु

२०७८-०७-२३

  • A
  • A-
  • A+
Share

कार्तिक २३, हेटौडा उपमहानगरपालिका-११ नवलपुर स्थित पुर्व पश्चिम सडक खण्डमा हेटौडाबाट  चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ७१९१ नं.को मोटरसाईकललाई सोहि दिशा तर्फ बाट जाँदै गरेको ना. ७ ख ८८१ नं.को टेलरले ठक्कर दिदा मोटरसाईकल चालक हेटौडा उपमहानगरपालिका-१२ गुरुबिर्ता बस्ने वर्ष अन्दाजी २० को सुशान्त पुडासैनी गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको, ठक्कर दिने टेलर र टेलर चालक प्रहरीको नियन्त्रणमा रहेको, लाशजाँच मुचुल्का सहित आवस्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।