प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट:- झुण्डी मृत्यु

२०७८-०७-२३

  • A
  • A-
  • A+
Share

कार्तिक २३, बिदुर नगरपालिका-१३ कागुने स्थित बस्ने राम बहादुर खड्काको छोरा वर्ष २२ को कुवेर खड्काले आफ्नै घर नजिकैको लप्सीको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, निजले मानसिक सन्तुलन ठिक नभई औषधी सेवन गर्दै आएको, घट्नास्थलको प्रारम्भिक कार्य तथा घट्ना बारे थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
तालिम समापन
२०७९-०८-१९

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा संचालित रेडियो अपरेटर ग्रेड थ्री (प्र.ज.) तालिम १६ औं समुहको दीक्षान्त समारोह सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी गण हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक गौतम मिश्रले तालिमको समापन गर्नुभएको हो । ७५ कार्यदिन अवधीको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूको समेत सहभागिता रहेको थियो ।