प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट: आगोमा परी मृत्यु

२०७८-०७-२२

  • A
  • A-
  • A+
Share

कार्तिक २२, ककनी गाउँपालिका-१ ठुलो खोला पाँचमाने स्थित बस्ने वर्ष अन्दाजी ६१ को पहलमान तामाङको घर गोठमा अचानक आगोलागी भई जलेर पुर्ण रुपमा क्षति भएको, उक्त आगोमा परी बिदुर नगरपालिका-११ गेर्खु बढारे घर भई पहिले देखी नै अरुको काम गरी खाई हिडीबस्ने वर्ष अन्दाजी ५५ को बाबुराम तिमल्सिना सोहि घर गोठमा दिउसो काम गरी सुतेको अवस्थामा आगलागी हुँदा उक्त आगोमा परी जलेर मृत्यु भएको, गोठमा भएको ६ वटा बाख्रा जली मरेको, गोठमा राखेको पाईप ३ बण्डल जलेको, उक्त आगो स्थानिय र प्रहरी मिली पुर्ण रुमा नियन्त्रणमा लिएको, घट्नास्थल मुचुल्का पश्‍चात उक्त लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल त्रिशुली पठाईएको, घट्ना बारे थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार