प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगर र प्रहरी चौकी, रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५च ३३८४ नम्बरको कार शंका लागी चेकजाँच गर्दा कारको पछाडी डिक्किबाट ४७ किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१८, बस्ने वर्ष २० की दुसमेना खातुन, सोही ठेगाना बस्ने २१ वर्षीया पुजा कुमारी मण्डल र जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनय चौधरी र कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाईकल सहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने २६ वर्षीय बिनोद मण्डल र सोही ठेगाना बस्ने ३९ वर्षीय बिनोद पासवानलाई समेत नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

त्यसै गरी DL1GC 3035 नम्बरको ईण्डियन ट्रकको क्याबिनको मुनी १४ वटा पोकामा १४३.८  किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी ट्रक चालक देश भारत, मोतिहारी गोबिन्द बारा बस्ने ६५ वर्षीय लाल बहादुर सहनीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध ट्रकमा हाल्ने मानिसहरू DL12CA0578  नम्बरको ईण्डियन स्कारपियोमा आउँदैछ भनी जानकारी दिएको हुदाँ निजहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीया सन्तोस गुप्ता, जिल्ला बारा,  बिश्रामपुर गाउँपापालिका-४ बस्ने २४ वर्षीय सुरज साह, सोही ठेगाना बस्ने २१ वर्षीय गौतम कुमार साह, जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र सोही ठेगाना बस्ने २८ वर्षीय रमेश यादवलाई पक्राउ गरी अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।