प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा अवैध कपडा नियन्त्रणमा

२०८०-०३-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश -२-०३-००१ ख ६२०५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको अगाडीको क्याविनमा प्लाष्टिकको झोला भित्र भन्सार छलि लुकाई छिपाई ल्याएको साडी २३ पिस, कुर्था सुरुवाल ३५ पिस, जयपुरी कुर्था-९ पिस र थान कपडा -५ पिस अवैध कपडा अन्दाजी मुल्य रू ७०,००० ।- बराबरको फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।