प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रसुवाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालय रसुवाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन गरिएको हो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको थियो । स्थलगत अनुगमनको क्रममा रसुवा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरू लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

सम्बन्धित समाचार
मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०६-०३

नुवाकोट तादी गाउँपालिका-२ अधिकारी टोल स्थित बस्ने चेत बहादुर अधिकारीको छोरा अन्दाजी वर्ष २६ को मिन बहादुर अधिकारी आफ्नै घर नजिकै रहेको मान्छे नबस्ने आफ्नै ठुलो बुवाको घरको पालीको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ बोलुङ बस्ने खेम बहादुर गिरीको श्रीमती वर्ष अन्दाजी ५० की नेत्र कुमारी गिरी आफ्नै घरको  कोठामा बासको दलिनमा नाम्लो सहितको नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०३

सिन्धुली कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाण्डौ तर्फ आउदै गरेको चालक जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१० बस्ने वर्ष २२ को लक्ष्मी पण्डितले चलाई ल्याएको HR 10 S3056 नम्बरको ईन्डियन कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी भित्र NITRAVET-10, लेखिएको लागु औषध २०० पत्तामा (प्रति पत्ता ३० ट्याब्लेट) जम्मा ६०००(छ हजार) ट्याब्लेट र DIALEX-DC लेखिएको १०० ML को ७४९ (सात सय उनन्पचास) बोतल फेला पारी सोही कारमा सवार जिल्ला सर्लाही कोडैना गाउँपालिका-६ बस्ने वर्ष २० को सुनिल कुमार यादव, जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१ बस्ने वर्ष २० को नितेश कुमार यादव र जिल्ला धनुषा मिथिला नगरपालिका-३ बस्ने वर्ष २८ को पशुपति लामा र गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।