प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, मुग्लिङ नारायणगढ सडक खण्डको सिमलताल भन्ने स्थानमा मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-४० प ०५५९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक जिल्ला रसुवा, उत्तरगया गाउँपालिका-४ बस्ने २१ वर्षीय राजेश पौडेल गम्भीर घाईते र पछाडी सवार सोही ठेगाना बस्ने २४ वर्षीय देब प्रसाद आचार्य मध्यम घाईते भई दुवै जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेकोमा मोटरसाईकल चालक राजेश पौडेल उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।