प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-०५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-३, गुम्बा बस्ने ४६ वर्षीया राममाया लामा घर नजिकै रहेको भान्छा कोठाको दलिनमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ  ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, निलकण्ठ नगरपालिका-३, शान्त बजार प्रगति टोल बस्ने अन्दाजी वर्ष ६५ को केदार काप्री आफ्नै घरको छतमा रहेको पिल्लरको रडमा नाईलनको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना.६ ख.३५५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रौतहट, माधव नारायण नगरपालिका-१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादवले बोकेको भिर्ने झोलालाई  शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला परेको हुँदा लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।