प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रेडियो अपरेटर ग्रेड थ्री १७ औँ समूहको तालिम समापन

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा सञ्चालित ७५ कार्यदिन अवधीको प्रहरी जवान लक्षित संचार तालिम १७ औँ समूहको प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।