प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१, भोटेसेलाङ बस्ने ४१ वर्षीय सोम बहादुर तामाङ घरबाट अन्दाजी १५० मिटर उत्तर तर्फ आफ्नै मकै बारीमा निबारोको रूखमा नाम्लोको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका-१३, ठुलोसिरुबारी टोल बस्ने ४४ वर्षीया मन्जु नेपाली टहरोको बलोमा दाम्लो प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।