प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन जस्तो देखिने पहेँलो धातु सहित मानिस नियन्त्रणमा

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व-पश्चिम सडक ण्डमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट बिरगंज तर्फ जान आउँदै गरेको प्र २-०३-००१ ख ०१५९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१६, मुरली बस्ने अन्दाजी वर्ष १९ को किसन सराफको जुत्ता भित्र सुन जस्तो देखिने पहेँलो धातु लाईटर जत्रो साईजको थान-३ फेला परेकोले निजलाई पहेँलो धातु सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।