प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर: आगलागी

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

कार्तिक १४, हेटौडा उ.म.न.पा.१० बासुदेव मार्ग स्थित सुभाष लामाको घरमा पंकज दास बानियाले संचालन गरेको हेल्थ केयर पसलमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी हुँदा कुनै मानविय क्षती नभएको, उक्त पसलमा रहेको फर्निचर तथा अन्य सामानहरु लगायतका गरी अन्दाजी १० लाख बराबरको सामान जली क्षती भएको, उक्त आगो प्रहरी, दमकल र स्थानियहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।