प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलामा डुबी बालकको मृत्यु

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेक गाउँपालिका-१, बुङचुङ स्थित थोपल खोलामा जिल्ला धादिङ, गजुरी गाउँपालिका-५, घाटबेशी बस्ने वर्ष १७ को सुशिल श्रेष्ठ नुहाउने क्रममा उक्त खोलामा डुबी बेहोश भई तत्काल प्रहरी र स्थानियको सहकार्यमा उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल धादिङबेशी ल्याएकोमा निज उपचारको क्रममा मुत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।