प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखाः- झुण्डी मृत्यु

२०७८-०७-१२

  • A
  • A-
  • A+
Share

कार्तिक १२, कालिञ्चोक गाउँपालिका-६ गैरी बस्ने वर्ष अन्दाजी ५१ को अम्बर बहादुर थामी घरबाट हराई बेपत्ता भएकोमा आफन्तले निजको खोजतलाश गर्दै जाने क्रममा घर देखी अन्दाजी १५० मिटर पुर्व तर्फ रहेको गौरि जंगलमा झिगानेको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेको, घट्नास्थल मुचुल्का कार्य पश्‍चात लाशको पोष्टमार्टमको चरिकोट अस्पतालमा भईरहेको, घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२६

सिन्धुली दुधौली नगरपालिका-१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्रहरी चौकी दुधौली सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट आएका तालिम प्राप्त कुकर जुनु (लागूऔषध खोजी गर्ने) सहितको १२ जनाको सयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ३१५४ नम्बर हायसमा सवार जिल्ला उदयपुर कटारी नगरपालिका-८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त झोला भित्र ६ के.जी लागूऔषध गाँजा फेला परेको हो । साथै उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।