नुवाकोटमा करेन्ट लागि एकको मृत्यु
२०८०-०२-२७
- A
- A-
- A+
नुवाकोट, तादी गाउँपालिका-४,
सातबिसे बजार स्थित निर्माण हुँदै गरेको शिव मन्दिरमा बिजुली बत्ती जडान गर्ने
क्रममा अन्दाजी २१ वर्षीय सुमन तामाङ र १८ वर्षीय सरोज मिजारलाई करेन्ट लागी घाईते
भई स्थानिय दुप्चेश्वर नेपाल अस्पताल सातबिसे ल्याईएकोमा उपचारको क्रममा सुमन
तामाङको मृत्यु भएको छ भने सरोज मिजार को अवस्था मध्यम रहेको छ । यस घटना
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।