प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

२०८०-०२-१७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-४, समिडाँडा स्थित जलबिरे भित्री सडक खण्डमा चौताराबाट जलबिरे तर्फ जाँदै गरेको बा ४५ प ५५४१ नम्बरको मोटसाईकल आफैँ अनियन्त्रीत भई भीरबाट अन्दाजी १५० मिटर तल खस्दा जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ बस्ने अन्दाजी २२ वर्षीय प्रदिप माझी र जिल्ला सिन्धुपाल्चोक, चौतरा साँगाचोकगढी नगरपालिका-११, डुम्रे बस्ने बर्ष १७ को अनिल माझी निज दुबै जना घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।