प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा सर्पले डसेर दुई बालकहरूको मृत्यु

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१, कुर्थौली बस्ने गणेश पहाडीको २ छोराहरू १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीलाई सर्पले टोकी छटपटी रहेका अवस्थामा निजको आमाले थाहा पाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, सिर्थौली लगिएकोमा उपचार हुन नसकी थप उपचारको लागि जानकी हेल्थ केयर, जनकपुर लगिएकोमा उपचारको क्रममा डाक्टले दुबै बालकहरूलाई मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।   


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।