प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

 मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ बस्ने वर्ष अन्दाजी १८ की संगिता सापकोटा आफ्नै घरको कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा निजको बुबाले देखी सलको पासो खोली उपचारको लागी चुरेहिल अस्पताल हेटौंडा ल्याएकोमा थप उपचारको लागी हेटौंडा अस्पताल रिफर गरिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।