निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-१०
- A
- A-
- A+

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन
टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रामेछापको
निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक
कार्यक्रममा बीच जिल्ला प्रहरी कार्यालय रामेछापबाट सम्पादित कार्यहरुको जानकारी
लिनुका साथै भए गरेका समग्र कामकारवाहीहरुको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त
कार्यक्रममा संगठनले सुम्पेको
जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न
प्रहरी कर्मचारीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो ।