प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८०-०२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँ बस्ती स्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुवाहक बसले हाल नामथर वतन नखुलेको अन्दाजी ६०/६२ वर्षीया पैदल यात्री महिलालाई ठक्कर दिदाँ गम्भीर घाईते भई उपचारको लागी हेटौंडा अस्पताल ल्याउनसाथ निजको मृत्यु भएको छ । बस, बस चालक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।