प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

२०८०-०२-०९

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यम मार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । उक्त कार्यक्रममा मातहत जिल्ला प्रहरी प्रमुख तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल वैशाख महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरुप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने, कुनै पनि गुनासो नआउने तबरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागीय निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार
लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।