प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०२-०५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । मिति २०८०-०२-०५ गते आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो ।

निरीक्षणपश्चात् प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, पूर्व प्रहरी, सञ्चारकर्मी, राजनीतिक दल, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायत नागरिक समाजका बिभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो । 

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।