प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट र चितवनमा झुण्डी मृत्यु

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

नुवाकोट, सुर्यगढी गाउँपालिका-५, डाँडा गाउँ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राई आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि नुवाकोट, बेलकोटगढी नगरपालिका-६, तल्लो अर्चले बस्ने अन्दाजी ३२ वर्षीय रोशन तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, कालिका नगरपालिका-४, पदमपुर बस्ने २७ वर्षीया रुपा न्यौपाने घिमीरे जिल्ला चितवन, भरतपुर महानगरपालिका-११, नौरङ्गे टाईगर ताल जाने बाटोको जंगलमा रहेको सालको रूखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि चितवन, भरतपुर महानगरपालिका-६, ढकाल चोक स्थित डेरा गरि बस्ने जिल्ला गोर्खा, गण्डकी गाउँपालिका-७ स्थायी घर भएका अन्दाजी २२ वर्षीय दिपेश सुनार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।