प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पूर्व प्रहरी कर्मचारीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८०-०१-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले विभिन्न विषयमा सुझाव एवम् अपेक्षा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले निरन्तर समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

 

 

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।