प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट १० लाखभन्दा बढीको क्षती

२०८०-०१-२८

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-८, मानेभटेरी बस्ने जिवनाथ शिवाकोटी घरमा अचानक करेन्ट सर्ट भई आगलागी हुदाँ नगद रू. ८०,०००।– सुन अन्दाजी ५ तोला, अन्नपात २० मुरी, भाडावर्तन र लत्ताकपडा समेत गरी अन्दाजी जम्मा रू.१०,१५,०००।–बराबरको क्षति भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले सर्लाहीबाट पोखरातर्फ जादै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिपुर नगरपालिका-२ बस्ने अन्दाजी २६ वर्षीय राजेश तामाङ र पछाडी सवार जिल्ला कास्की, पोखरा महानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २० को निर्मल ढुङ्गेलको शरीर तथा निजहरूले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको १९ पत्तामा (३० वटाको  दरले) ५७० वटा Tablet लागुऔषध  NITRAVET- 10 लेखेको फेला परेको हुदाँ निजहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।