प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र दोलखामा झुण्डी मृत्यु

२०८०-०१-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१०, सप्तगण्डकी चोक स्थित डेरा गरि बस्ने जिल्ला कास्की घर भएकी वर्ष २३ को सिम्रन थापा आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

दोलखा, बैतैश्वर गाउँपालिका-४, झगरपुर बस्ने अन्दाजी ६१ वर्षीय भिम बहादुर खड्का आफ्नै घरको करेसामा बिजुलीको पोल अडाउन राखेको तारमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ५ जना मानिस नियन्त्रणमा
२०८२-०७-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, सानोपोखरा स्थित मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा लागुऔषधको कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो स्थानबाट लागुऔषध ट्रामाडोल ट्याब्लेट ८३०० पिस  फेला परेको । लागुऔषध सहित सो स्थानमा रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-२, बस्ने वर्ष अन्दाजी ३५ को राजिव लामा, सोहि हेटौंडा उपमहानगरपालिका-१७, बस्ने वर्ष अन्दाजी २० को प्रवेश बरैली, सोहि हेटौंडा उपमहानगरपालिका-४, बस्ने वर्ष अन्दाजी २० को निशान कोईराला, जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२, कुर्ले बस्ने वर्ष अन्दाजी २३ को दिपेश संजेल र जिल्ला मकवानपुर बकैया गाउँपालिका-१२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने वर्ष अन्दाजी १९ को अशोक स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।